Logo
  • MENU
Close
Logo

Family Prayer Liturgy

  • क्रुसको चिन्‍ह बनाउनु
  • व्‍यावहारिक मार्गदर्शन
  • बिहानको प्रार्थना
  • साँझको प्रार्थना
  • दिनको विशेष प्रार्थनाहरु
  • Email

    [email protected]
  • Contact

    +9779851119164

क्रुसको चिन्‍ह बनाउनु

जब हामीले आफैंमाथि क्रुसको चिन्‍ह ✠ बनाउँछौं, हामीले आफ्‍नो दाहिने हातका तीनवटा औंलाहरु – बुढी औंला, चोरऔंला र माझी औंला - जोड्छौं। .

सबै पढ्नुहोस्

व्‍यावहारिक मार्गदर्शन

यदि हामीले घरको बारेमा सोच्यौं भने, हामीले तुरुन्तै विशेष उद्देश्यका लागि छुट्‍याइएका 'ठाउँहरु' बारे विचार गर्छौं। जस्तै, किचन, बाथरुम, नुहाउने, भोजन गर्ने ठाउँ, इत्यादि।

सबै पढ्नुहोस्

बिहानको प्रार्थना

अगुवा:✠ पिता, पुत्र र पवित्र आत्मालाई महिमा होस्। अरु: ✠ अहिले र सदासर्वदा युगौंयुगसम्‍म भइरहोस्। आ-मे-न।

सबै पढ्नुहोस्

साँझको प्रार्थना

अगुवा: ✠ पिता, पुत्र र पवित्र आत्मालाई महिमा होस्। अरु: ✠ अहिले र सदासर्वदा यु युगौंयुगसम्‍म भइरहोस्। आ-मे-न।

सबै पढ्नुहोस्

दिनको विशेष प्रार्थनाहरु

हे प्रभु, तपाईं दयालु हुनुभएर हाम्रा निम्‍ति भोजन जुटाउनुभएकोमा हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं। यो खाने र पिउने कुराहरुमा

सबै पढ्नुहोस्

क्रुसको चिन्‍ह बनाउनु

  • जब हामीले आफैंमाथि क्रुसको चिन्‍ह ✠ बनाउँछौं, हामीले आफ्‍नो दाहिने हातका तीनवटा औंलाहरु – बुढी औंला, चोरऔंला र माझी औंला - जोड्छौं।
  • बाँकी दुईवटा औंलाहरु हत्केलातिर मोडिएका हुन्छन् ।
  • जोडिएका तीनवटा औंलाहरुले पहिले, हामी आफ्‍नो निधारलाई, त्यसपछि छातीको बिच भागलाई, र बायाँ कुमलाई र अन्तमा दायाँ कुमलाई छुन्‍छौं। हामीले यो संकेत गर्दा हाम्रा स्‍वर्गका परमेश्‍वर ✠; मानिस बनेर तल पृथ्वीमा आउनुभयो ✠; हामी बरालिएका पापीलाई ✠; परमेश्‍वरको दाहिने बाहुलीपट्टि लानुभयो ✠ भनी हामी स्‍वीकार गर्छौं ।

व्‍यावहारिक मार्गदर्शन

प्रार्थनाको निम्‍ति एउटा स्‍थान

यदि हामीले घरको बारेमा सोच्यौं भने, हामीले तुरुन्तै विशेष उद्देश्यका लागि छुट्‍याइएका 'ठाउँहरु' बारे विचार गर्छौं। जस्तै, किचन, बाथरुम, नुहाउने, भोजन गर्ने ठाउँ, इत्यादि। घर सानै छ भने पनि हामी एउटा सानो पर्दा हालेर ठाउँ अलग गर्छौं। किनभने हरेक थोकका आआफ्‍ना ठाउँ हुन्‍छन्, र हामी फरक ठाउँहरुमा फरक कार्यकलाप गर्छौं। त्यसै गरी घर सानै भए पनि प्रत्‍येक घरमा, परिवारका सदस्यहरु प्रार्थनाको लागि भेला हुने एउटा साझा ठाउँ बनाउन सकिन्छ। हामी यसलाई प्रार्थनाको वेदी भन्‍न सक्‍छौं।

तपाईं बसोबास गर्ने स्‍थानको आकारको आधारमा, प्रार्थना वेदी घरको एउटा कुनामा वा भित्तामा टाँसेर बनाउन सकिन्‍छ।

प्रार्थनाको वेदी पूर्वतर्फ नै फर्केको हुनुपर्छ भन्‍ने आज्ञा अथवा जरुरत त छैन, तर जहाँसम्‍म सम्‍भव हुन्‍छ, तपाईंले वेदीलाई पूर्वतर्फ फर्काउनुहोस् भन्‍ने हाम्रो सुझाव रहेको छ।

पूर्वतर्फ फर्काउनु: पूर्वतिर फर्केर प्रार्थना गर्नु राम्रो हो भनी चर्चले हामीलाई सिकाउँछ। यसको अर्थ, यथासक्‍य, हामीले प्रार्थना गर्न सुरु गर्दा हामी पूर्वतर्फ फर्कन सक्‍ने गरी प्रार्थनाको वेदी राख्‍नुपर्छ। तर किन पूर्व फर्कनु ? यसका दुई वटा अर्थहरु छन् । मत्ती २४:२७ ले भन्‍छ, “येसु फेरि पूर्वबाट आउनुहुन्‍छ ।” यसरी, हामीले आफैंलाई ख्रिस्टको पुनरागमन बारे सम्झना गराउँछौं। साथै, जब हामी पूर्व फर्किन्‍छौं, हामी घाम वा उज्‍यालोतिर हेर्छौं, र अन्‍धकारलाई हामी आफ्‍नो पछाडि पार्छौं। यसरी हामी आफूलाई ख्रिस्टको सम्झना गराउँछौं, जो चर्चको उदाउदो सूर्य हुनुहुन्‍छ (प्रकाश २२:१६) ।

हामीले प्रार्थना गर्ने ठाउँले पनि केही फरक पार्छ र, भनेर सोच्न तपाईंलाई परीक्षा आउन सक्‍छ। हामीले जुन ठाउँमा बसेर प्रार्थना गरे पनि परमेश्‍वरले हाम्रो कुरा सुन्नुहुन्‍छ, होइन र? सायद परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुहुन्‍न होला भन्‍ने कारणले हामीले प्रार्थनाको वेदीको सामुन्‍ने परिवार मिलेर प्रार्थना गर्ने गरेको होइन। तर हाम्रा घर ससाना चर्चहरु हुन्, र हामीले परिवार भेला भएर परमेश्‍वरसित भेट गर्ने ठाउँ यो हो भनी हामी अरुले देख्‍ने गरी घोषणा गर्न चाहन्‍छौं ।

के के कुराले प्रार्थनाको वेदी बन्‍छ?

टेबल: एउटा सानो टेबल र त्‍यसलाई राम्रोसित ढाक्‍ने कपडाको बन्‍दोबस्‍त गर्नुहोस्। प्रार्थनाको वेदी बनाउनका निम्‍ति त्‍यसमाथि तलका थोकहरु राख्‍नुहोस्।

क्रुस: टेबलको बिचमा क्रुस राख्नुहोस्। क्रुस विश्वव्यापी रुपमा एउटा चिन्‍ह हो, र यसले हामी ख्रिस्टका चेलाहरु हौं भन्‍ने जनाउँछ। यसले येसु ख्रिस्टले कलवरीको क्रुसमा हाम्रो लागि विजय हासिल गर्नुभएको कुरालाई दर्साउँछ (कल २:१४-१५)।

बत्ती: क्रुसको दुबै छेउमा एक वा दुई वटा मैनबत्तीहरु राख्नुहोस्। यसलाई हाम्रो पारिवारिक प्रार्थनाको समयको ठिक अगाडि बाल्‍न सकिन्‍छ। भौतिक रुपले मैनबत्ती बाल्दा हामीलाई येसु स्वर्गबाट पृथ्वीमा आउनुभएको ज्योति हुनुहुन्छ भनी स्‍मरण हुन्छ। यो हामीलाई संसारको ज्योति हुन बोलाइएको हो भन्ने सम्झना गराउनका निम्‍ति पनि हो (मत्ती ५:१४)। प्रार्थनाको अन्त्यमा आशिषको वचनपछि मैनबत्ती निभाउन नबिर्सिनुहोस्।

पवित्र धर्मशास्‍त्र:

यो हामी सबैले बाइबल राख्ने साझा ठाउँ हुन सक्छ। यसरी, हामी त्यस दिन पढ्‍ने धर्मशास्त्रका खण्‍डहरु पढ्न सक्छौं। बाइबल हामीले अनुसरण गर्नुपर्ने मार्गदर्शन र हाम्रा लागि लिखित परम्‍परा हो (२ तिमो ३:१६)।

आइकन:

अर्थोडक्‍स क्रिस्‍चियनहरुका लागि, आइकन एउटा चित्र वा स्‍वरुप मात्र होइन। तर यो स्‍वर्गतिर हेर्ने झ्‍याल हो। आइकनहरुले हाम्रा निम्‍ति स्‍वर्गीय सत्‍यतालाई स्‍पर्श गर्न सकिने गरी प्रस्‍तुत गर्छ, र हामीलाई प्रार्थनामा ध्‍यान केन्‍द्रित गर्न सहायता गर्छ। प्रार्थनाको वेदीमा हुनै पर्ने सबभन्‍दा मुख्‍य कुरा नै हाम्रा प्रभु येसु ख्रिस्‍टको आइकन हो। हामी कसलाई हाम्रो प्रार्थना र आराधना गर्दै छौं भनेर येसुको आइकनले स्पष्ट पार्छ। येसु प्रभुको आइकनसँगै हामीले धेरै जसो समयमा परमेश्‍वरकी आमा मरियमको पनि आइकन राख्‍ने गर्छौं। मरियमलाई “उच्‍च सम्‍मान” गरिएको कारणले गर्दा उनको आदर गर्न यसो गरिन्‍छ (लुका १:२८)। येसु ख्रिस्‍टलाई जन्‍म दिनका निम्‍ति परमेश्‍वरले सम्‍पूर्ण पुस्‍ताहरुका बिचबाट उनलाई चुन्‍नुभयो। सन्‍तहरुका आइकनहरुले पनि हामीलाई तिनीहरुका जीवन र उदाहरणको अनुसरण गर्न स्‍मरण गराउँछन् र प्रेरणा दिन्‍छन् (हिब्रु १३:७)।

प्रार्थना पुस्‍तक, भजन पुस्‍तक र बाइबल अध्‍ययन क्‍यालेन्‍डर:

हामीलाई दैनिक प्रार्थना, भजन र धर्मशास्‍त्र अध्‍ययनमा सहायता पुर्‍याउने यी पुस्‍तकहरु पनि प्रार्थनाको वेदीमा राख्‍न सकिन्‍छ।

प्रार्थनाको समय तालिका बनाउनु

हाम्रो जीवन तालिका नै तालिकाले भरिएको छ। हामी एक समयमा उठ्छौं, एक समयमा काममा जान्छौं, प्रत्येक दिन स्‍कुल एकै समयमा सुरु हुन्छ, आदि। त्यसै गरी, एउटा प्रार्थना अनुशासनको कुरा भएको हुनाले त्यसको लागि हरेक दिन निश्‍चित समय तोक्‍नु र त्‍यो समय पालन गर्नु असल कुरा हो।

सुरुको चर्चले प्रार्थनाको विशेष समयहरु पालन गर्थ्‍यो। हामीले प्रेरित पत्रुस र युहन्नाको बारेमा पढेका छौं। तिनीहरु प्रार्थना गर्न दिउँसो तीन बजे मन्‍दिरमा गए (प्रेरित ३:१)। पत्रुस प्रार्थनाको समयमा दिउँसो बाह्र बजे ध्‍यान मग्‍न भए र कर्नेलियसले पनि दिउँसो तीन बजे दर्शन देखे। यहुदीहरुका बिहान ६ बजे, ९ बजे, दिउँसो १२ बजे, ३ बजे र साँझ ६ बजे प्रार्थना गर्ने समय थियो। हामी तपाईंलाई बिहान र बेलुका परिवारका सबै जना सँगै हुन सक्ने उत्तम समय चयन गर्न सुझाव दिन्छौं। जब म हुर्कदै थिएँ, मेरी आमा बिहान सधैं ५.३० बजे उठ्नुहुन्थ्यो र प्रार्थनाको लागि सबैलाई उठाउनुहुन्थ्यो। साँझमा पनि भोजन अघि हाम्रो पारिवारिक प्रार्थना हुन्‍थ्‍यो।

आसन

खडा हुने, घुँडा टेक्‍ने र घोप्टो पर्ने गर्न सकिन्‍छ। हामी दिमागले मात्र होइन, हाम्रो शरीरले पनि प्रार्थना गर्छौं। विशेष गरी लेन्‍टको प्रार्थनाको समयमा, हामीले खडा हुने, घुँडा टेक्‍ने र घोप्टो पर्ने भागहरु छन्। एक प्रकारले हामी आफ्‍नो शरीरलाई भन्छौं, तिमी सर्वोच्च होइनौ, तिमी मेरो आत्माको अधीनमा छौ।

जब हामी वेदीतिर फर्केर बस्छौं वा खडा हुन्छौं, हामी स्वीकार गर्छौं कि प्रभु नै प्रार्थनामा हाम्रो मुख्य केन्द्र हुनुहुन्छ। त्यसकारण तपाईं प्रार्थनाको वेदीतिर फर्केर बस्न वा खडा हुनका निम्ति हामी सिफारिस गर्दछौं।

त्यसकारण, अब हामीसित प्रार्थना गर्ने एउटा ठाउँ छ, प्रार्थना गर्ने एउटा समय छ, र हामी आफ्‍नो सम्‍पूर्ण शरीर र मनले प्रार्थना गर्नका निम्‍ति तयार भएका छौं! याद गर्नुहोस्, हाम्रा घर ससाना चर्चहरु हुन्!

बिहानको प्रार्थना

[प्रार्थनाको वेदीतिर फर्केर]

अगुवा:✠ पिता, पुत्र र पवित्र आत्मालाई महिमा होस्।

अरु: ✠ अहिले र सदासर्वदा युगौंयुगसम्‍म भइरहोस्। आ-मे-न।

अगुवा:पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, स्वर्ग र पृथ्वी तपाईंको महिमाले भरिएको छ। स्वर्गमा होसन्‍ना!

अरु: धन्यका हुनुहुन्छ उहाँ, जो परमप्रभुको नाउँमा आउनुभयो, र आउनुहुने छ, स्वर्गमा होसन्ना।

[तीनपटक दोहोऱ्याउनुहोस्]

अगुवा:हे परमेश्‍वर, तपाईं पवित्र हुनुहुन्छ।

अरु: हे सर्वशक्तिमान् परमेश्‍वर, तपाईं पवित्र हुनुहुन्छ। हे अविनाशी परमेश्‍वर, तपाईं पवित्र हुनुहुन्छ। हाम्रा निम्ति क्रुसमा ✠ टाँगिनुभयो, हे प्रभु ख्रिस्ट, हामीमाथि दया गर्नुहोस्।

सबै: कुरिये – एलाइसोन, कुरिये – एलाइसोन, कुरिये – एलाइसोन

(हे प्रभु, हामीमाथि दया गर्नुहोस् – ३ पटक)

अगुवा:हे प्रभु, हामीमाथि दया गर्नुहोस्।

अरु: हे प्रभु, हामीमाथि अनुग्रह गर्नुहोस्। हे प्रभु, हामीमाथि दया गर्नुहोस्। अनि हाम्रो आराधना र सेवा ग्रहण गर्नुहोस्।

अगुवा:हे प्रभु, तपाईंको स्‍तुति होस्।

अरु: हे सृष्टिकर्ता, तपाईंको स्‍तुति होस्। हामी पापी मानिसप्रति दयालु हुनुभएकोमा हाम्रा प्रभु ख्रिस्ट तपाईंको स्‍तुति होस्। हे प्रभु, आशिष् दिनुहोस्।

प्रभुको प्रार्थना

अगुवा: हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,

सबै:तपाईंको नाउँ पवित्र मानियोस्, तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पनि पूरा होस्। हामीलाई आजको भोजन दिनुहोस्, हाम्रा पाप क्षमा गरिदिनुहोस्,जसरी हामीले पनि हाम्रा अपराधीहरुलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्। तर दुष्टबाट छुटकारा दिनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्। आमेन।

अगुवा:हे अनुग्रहले पूर्ण मरियम, तपाईंलाई शान्‍ति होस्।

अरु: प्रभु तपाईंको साथमा हुनुहुन्‍छ। स्‍त्रीहरुमा तपाईं धन्‍य हुनुहुन्‍छ र तपाईंको गर्भको फल येसु धन्‍य हुनुहुन्‍छ। पवित्र कन्‍ने मरियम, परमेश्‍वरकी आमा, हामी पापीहरुका निम्‍ति, अहिले, सधैंभरि र हाम्रो मृत्‍युको घडीमा प्रार्थना गरिदिनुहोस्। आ-मे-न।

प्रार्थना

अगुवा:हे त्रिएक परमेश्‍वर, निद्राबाट उठेपछि, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, किनकि हामी अयोग्‍य र पापी भए पनि तपाईंको महान भलाइ र दयाले गर्दा, तपाईं हामीसित क्रोधित हुनुभएको छैन। कृपया तपाईंको वचन पढ्‍न र बुझ्‍न हाम्रा मन र हृदयमा ज्ञान दिनुहोस्, यसैले कि हामीले तपाईंको इच्‍छा पूरा गर्न, र धन्‍यवादी हृदयले तपाईं पिता, पुत्र र पवित्र आत्‍माको अति पवित्र नाउँमा अहिले र सदासर्वदा युगौंयुगसम्‍म स्‍तुति गर्न सकौं।

सबै: आ-मे-न।

आराधना

[यहाँ परिवार मिलेर एक वा दुई वटा भजनकोरस गाउन सक्‍छन्।]

धर्मशास्‍त्र वाचन

[यहाँ दिनहुँ वाचन गर्न दिइएको बाइबल क्‍यालेन्‍डरअनुसार धर्मशास्‍त्र पढिन्‍छ। बिहानको प्रार्थनामा आधा, र साँझको प्रार्थनामा आधा पढ्‍न सकिन्‍छ।]

नाइसिया विश्‍वासको सार

अगुवा:आउनुहोस्, अब हामी चर्चको विश्‍वासको सार स्‍वीकार गरौं।

अगुवा:हामी विश्‍वास गर्दछौं, एक परमेश्‍वर,।

सबै: सर्वशक्‍तिमान् पितामाथि, उहाँले स्वर्ग र पृथ्वी, अनि दृश्य र अदृश्य सबै थोक सृष्टि गर्नुभयो। हामी विश्‍वास गर्दछौं, एक प्रभु येसु ख्रिस्ट, परमेश्‍वरको एक्ले पुत्र, पिताबाट अनन्त रुपले जन्मिनुभएको, ज्योतिबाट आउनुभएको ज्योति, साँचो परमेश्‍वरबाट आउनुभएको साँचो परमेश्‍वर, जन्मिनुभएको तर सृष्टि गरिनुभएको होइन, पितासित एउटै स्वभाव हुनुभएको पुत्र प्रभु येसु ख्रिस्टमाथि, उहाँद्वारा सबै थोक सृष्टि गरिए। हामी मानिस र हाम्रो उद्धारका निम्ति उहाँ स्वर्गबाट धरतीमा आउनुभयो।✠ [शिर झुकाउँदै] पवित्र आत्माको शक्‍तिद्वारा कन्ये मरियमबाट देहधारी हुनुभयो र मानिस बनाइनुभयो। अनि पन्तियस पिलातसको अधीनमा हाम्रा निम्ति क्रुसमा टाँगिनुभयो। ✠ [शिर झुकाउँदै] उहाँले मृत्यु भोग्नुभयो र गाडिनुभयो। पवित्र धर्मशास्‍त्रअनुसार तेस्रो दिनमा उहाँ फेरि जीवित भइउठ्नुभयो। ✠ उहाँ स्वर्गमा चढिजानुभयो र पिताको दाहिने हातपट्‍टि बस्नुभएको छ। जिउँदा र मरेकाहरुका न्याय गर्न उहाँ फेरि महिमामा आउनुहुने छ र उहाँको राज्यको कहिल्यै अन्त हुने छैन। हामी विश्‍वास गर्दछौं, पवित्र आत्मा परमेश्‍वर, प्रभु र जीवनदातामाथि, उहाँ पिताबाट आउनुहुन्छ। पिता र पुत्रसँगै उहाँले आराधना र महिमा पाउनुहुन्छ। उहाँ अगमवक्‍ताहरुद्वारा बोल्नुभएको छ। हामी विश्‍वास गर्दछौं, एक, पवित्र, विश्‍वव्यापी र प्रेरितीय चर्चमाथि। हामी पाप क्षमाका निम्ति एक बप्‍तिस्मालाई स्वीकार गर्दछौं, अनि मरेकाहरुका पुनरुत्थान र आउँदो संसारको जीवनको आशा गर्दछौं। आ-मे-न।

बिन्‍ती प्रार्थना

अगुवा:हे स्‍वर्गका परमेश्‍वर पिता!

सबै: हामीमाथि दया गर्नुहोस्।

अगुवा:परमेश्‍वरको पुत्र, संसारका उद्धारकर्ता!

सबै: हामीमाथि दया गर्नुहोस्।

अगुवा:परमेश्‍वर पवित्र आत्‍मा!

सबै: हामीमाथि दया गर्नुहोस्।

अगुवा:हे प्रभु, तपाईंले हाम्रो हेरचाह गर्नुभयो र रातमा हामीलाई सबै हानिबाट बचाउनुभयो र आज बिहानसम्म हामीलाई अगुवाइ गर्नुभयो, कृपया आजको दिन हामीलाई सबै खराबी र गल्‍तीहरुबाट बचाउनुहोस्।

सबै: हे प्रभु, हाम्रो प्रार्थना सुन्‍नुहोस्।

अगुवा:हाम्रो रक्षा गर्नुहोस्, र हामी शब्‍द र व्‍यवहारले जान अनजानमा पाप गर्ने छैनौं, र हामीलाई बलियो तुल्‍याउनुहोस्, र हामीले आफ्‍नो बोलावटको योग्‍य जीवन जिउन र परमेश्‍वरले हामीलाई दिनुभएको जिम्‍मेवारी पूरा गर्न सकौं।

सबै: हे प्रभु, हाम्रो प्रार्थना सुन्‍नुहोस्।

अगुवा:एकआपसमा प्रेम गर्न, र मिलाप र शान्‍तिमा जिउन हामीलाई सहायता गर्नुहोस्, र हामीबाट सबै डाह र विद्रोह हटेर जान सकोस्।

सबै: हे प्रभु, हाम्रो प्रार्थना सुन्‍नुहोस्।

अगुवा:हे प्रभु, आजको दिन सबै कठिनाइ र चुनौतिहरुको सामना गर्न हामीलाई अनुग्रह दिनुहोस्, र हुन आउने सबै कुरामा हामीले तपाईंको इच्‍छा स्‍वीकार गर्न र तपाईंको पवित्र नाउँलाई महिमा दिन सकौं।

सबै: हे प्रभु, हाम्रो प्रार्थना सुन्‍नुहोस्।

अगुवा:हे दयालु प्रभु, कृपया समयको असल भण्‍डारे हुन हामीलाई सहायता गर्नुहोस्। हामीले अर्थपूर्ण जीवन जिउन र हरेक मौकालाई तपाईंको प्रेमको बारेमा साक्षी दिनका लागि प्रयोग गर्न सकौं भनी तपाईंले आजको दिन हामीलाई उपहारस्‍वरुप दिनुभएको छ।

सबै: हे प्रभु, हाम्रो प्रार्थना सुन्‍नुहोस्।

[यहाँ परिवारका सदस्‍यहरुले आफ्‍ना आफन्‍त, साथीभाइ र छिमेकीहरुका बारेमा प्रार्थनाका अनुरोधहरु बताउन र प्रार्थनामा समय बिताउन सक्‍छन्।]

यसपछि सबैले मिलेर भन्‍ने छन्:

सबै: हे प्रभु येसु ख्रिस्‍ट, परमेश्‍वरका पुत्र, कृपा गरी म पापीमाथि दया गर्नुहोस्। (सबैले मिलेर ३ पटक भन्‍ने छन्।)

सबै: कुरिये – एलाइसोन, कुरिये – एलाइसोन, कुरिये – एलाइसोन। हे प्रभु, तपाईंलाई महिमा होस्, हे हाम्रा सदासर्वदाको आशा, तपाईंलाई महिमा होस्, तपाईंलाई महिमा होस्। बारकमोर!

प्रभुको प्रार्थना

अगुवा:हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,

सबै: तपाईंको नाउँ पवित्र मानियोस्, तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पनि पूरा होस्। हामीलाई आजको भोजन दिनुहोस्, हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा अपराधीहरुलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्। तर दुष्टबाट छुटकारा दिनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्। आमेन।

आशिषको वचन

अगुवा:परमेश्‍वर पिताको प्रेम, उहाँका एक मात्र पुत्रको अनुग्रह, र पवित्र आत्‍माको संगति र उपस्‍थिति अहिले र सदासर्वदा हामीसित रहिरहोस्।

सबै: आमेन। [क्रुसको चिन्‍ह बनाउने]।

साँझको प्रार्थना

[प्रार्थनाको वेदीतिर फर्केर]

अगुवा:✠ पिता, पुत्र र पवित्र आत्मालाई महिमा होस्।

अरु: ✠ अहिले र सदासर्वदा युगौंयुगसम्‍म भइरहोस्। आ-मे-न।

अगुवा:पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, स्वर्ग र पृथ्वी तपाईंको महिमाले भरिएको छ। स्वर्गमा होसन्‍ना!

अरु: धन्यका हुनुहुन्छ उहाँ, जो परमप्रभुको नाउँमा आउनुभयो, र आउनुहुने छ, स्वर्गमा होसन्ना।

[तीनपटक दोहोऱ्याउनुहोस्]

अगुवा:हे परमेश्‍वर, तपाईं पवित्र हुनुहुन्छ।

अरु: हे सर्वशक्तिमान् परमेश्‍वर, तपाईं पवित्र हुनुहुन्छ। हे अविनाशी परमेश्‍वर, तपाईं पवित्र हुनुहुन्छ। हाम्रा निम्ति क्रुसमा ✠ टाँगिनुभयो, हे प्रभु ख्रिस्ट, हामीमाथि दया गर्नुहोस्।

सबै: कुरिये – एलाइसोन, कुरिये – एलाइसोन, कुरिये – एलाइसोन

(हे प्रभु, हामीमाथि दया गर्नुहोस् – ३ पटक)

अगुवा:हे प्रभु, हामीमाथि दया गर्नुहोस्।

अरु: हे प्रभु, हामीमाथि अनुग्रह गर्नुहोस्। हे प्रभु, हामीमाथि दया गर्नुहोस्। अनि हाम्रो आराधना र सेवा ग्रहण गर्नुहोस्।

अगुवा:हे प्रभु, तपाईंको स्‍तुति होस्।

अरु: हे सृष्टिकर्ता, तपाईंको स्‍तुति होस्। हामी पापी मानिसप्रति दयालु हुनुभएकोमा हाम्रा प्रभु ख्रिस्ट तपाईंको स्‍तुति होस्। हे प्रभु, आशिष् दिनुहोस्।

प्रभुको प्रार्थना

अगुवा: हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,

सबै:तपाईंको नाउँ पवित्र मानियोस्, तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पनि पूरा होस्। हामीलाई आजको भोजन दिनुहोस्, हाम्रा पाप क्षमा गरिदिनुहोस्,जसरी हामीले पनि हाम्रा अपराधीहरुलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्। तर दुष्टबाट छुटकारा दिनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्। आमेन।

अगुवा:हे अनुग्रहले पूर्ण मरियम, तपाईंलाई शान्‍ति होस्।

अरु: प्रभु तपाईंको साथमा हुनुहुन्‍छ। स्‍त्रीहरुमा तपाईं धन्‍य हुनुहुन्‍छ र तपाईंको गर्भको फल येसु धन्‍य हुनुहुन्‍छ। पवित्र कन्‍ने मरियम, परमेश्‍वरकी आमा, हामी पापीहरुका निम्‍ति, अहिले, सधैंभरि र हाम्रो मृत्‍युको घडीमा प्रार्थना गरिदिनुहोस्। आ-मे-न।

प्रार्थना

अगुवा:हे प्रभु, आज दिनभरि तपाईं हाम्रो साथमा हुनुभएर हाम्रा सबै खाँचो पूरा गरिदिनुभएकोमा हामी तपाईंलाई कृतज्ञ हृदयले धन्‍यवाद दिन्‍छौं। अब दिन बितेर गएपछि, साँझको र रातको समयमा पापबाट स्‍वतन्‍त्र राख्‍नुहोस् भनी हामी प्रार्थना गर्दछौं। हे उद्धारकर्ता, हाम्रो यो बिन्‍ती सुन्‍नुहोस् र हामीलाई बचाउनुहोस्। हे पवित्र परमेश्‍वर, रातका समयहरुमा हाम्रो रक्षा गर्नुहोस् र हामीलाई दुष्‍टका सबै चालदेखि टाढा राख्‍नुहोस्। हाम्रो प्रार्थना धूपको बासनाझैं तपाईंको सामुन्‍ने पुगोस्, र हामीले आफ्‍ना हातहरु माथि उचाल्‍दा यो साँझको बलिदान हुन सकोस्! हामी तपाईं पिता, पुत्र र पवित्र आत्‍माको अति पवित्र नाउँमा अहिले र सदासर्वदा युगौंयुगसम्‍म सारा स्‍तुति र महिमा चढाउँदछौं।

सबै: आ-मे-न।

आराधना

[यहाँ परिवार मिलेर एक वा दुई वटा भजनकोरस गाउन सक्‍छन्।]

क्षमाको प्रार्थना

[तल दिइएको प्रार्थना अगुवाले परिवारका सदस्‍यहरुलाई आफ्‍नो पछिपछि दोहोर्‍याउन लगाउन्, अथवा सबै जना एकसाथ मिलेर प्रार्थना गर्न सक्‍छन्]

अगुवा::हे परमप्रभु, हाम्रा परमेश्‍वर पिता, आजको दिन हाम्रा शब्‍द, व्‍यवहार र विचारले हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, तपाईंको प्रशस्‍त दया र प्रेममा हामीलाई क्षमा गर्नुहोस्। हामीलाई मिठो निन्‍द्रा दिनुहोस् र सबै खराबीदेखि बचाउनुहोस्। तपाईंको दयाद्वारा बिहान सकुशल उठ्‍न हामीलाई सहायता गर्नुहोस् र हामी अहिले, सबै समय र सदासर्वदा तपाईं, तपाईंको पुत्र र पवित्र आत्‍मालाई महिमा दिन सकौं।

सबै: हे प्रभु येसु ख्रिस्‍ट, परमेश्‍वरका पुत्र कृपा गरी म पापीमाथि दया गर्नुहोस्। (सबैले मिलेर ३ पटक भन्‍ने छन्।)

धर्मशास्‍त्र वाचन

[यहाँ दिनहुँ वाचन गर्न दिइएको बाइबल क्‍यालेन्‍डरअनुसार धर्मशास्‍त्र पढिन्‍छ। बिहानको प्रार्थनामा आधा, र साँझको प्रार्थनामा आधा पढ्‍न सकिन्‍छ।]

नाइसिया विश्‍वासको सार

अगुवा:आउनुहोस्, अब हामी चर्चको विश्‍वासको सार स्‍वीकार गरौं।

अगुवा:हामी विश्‍वास गर्दछौं, एक परमेश्‍वर,

सबै: सर्वशक्‍तिमान् पितामाथि, उहाँले स्वर्ग र पृथ्वी, अनि दृश्य र अदृश्य सबै थोक सृष्टि गर्नुभयो। हामी विश्‍वास गर्दछौं, एक प्रभु येसु ख्रिस्ट, परमेश्‍वरको एक्ले पुत्र, पिताबाट अनन्त रुपले जन्मिनुभएको, ज्योतिबाट आउनुभएको ज्योति, साँचो परमेश्‍वरबाट आउनुभएको साँचो परमेश्‍वर, जन्मिनुभएको तर सृष्टि गरिनुभएको होइन, पितासित एउटै स्वभाव हुनुभएको पुत्र प्रभु येसु ख्रिस्टमाथि, उहाँद्वारा सबै थोक सृष्टि गरिए। हामी मानिस र हाम्रो उद्धारका निम्ति उहाँ स्वर्गबाट धरतीमा आउनुभयो।✠ [शिर झुकाउँदै] पवित्र आत्माको शक्‍तिद्वारा कन्ये मरियमबाट देहधारी हुनुभयो र मानिस बनाइनुभयो। अनि पन्तियस पिलातसको अधीनमा हाम्रा निम्ति क्रुसमा टाँगिनुभयो। ✠ [शिर झुकाउँदै] उहाँले मृत्यु भोग्नुभयो र गाडिनुभयो। पवित्र धर्मशास्‍त्रअनुसार तेस्रो दिनमा उहाँ फेरि जीवित भइउठ्नुभयो। ✠ उहाँ स्वर्गमा चढिजानुभयो र पिताको दाहिने हातपट्‍टि बस्नुभएको छ। जिउँदा र मरेकाहरुका न्याय गर्न उहाँ फेरि महिमामा आउनुहुने छ र उहाँको राज्यको कहिल्यै अन्त हुने छैन। हामी विश्‍वास गर्दछौं, पवित्र आत्मा परमेश्‍वर, प्रभु र जीवनदातामाथि, उहाँ पिताबाट आउनुहुन्छ। पिता र पुत्रसँगै उहाँले आराधना र महिमा पाउनुहुन्छ। उहाँ अगमवक्‍ताहरुद्वारा बोल्नुभएको छ। हामी विश्‍वास गर्दछौं, एक, पवित्र, विश्‍वव्यापी र प्रेरितीय चर्चमाथि। हामी पाप क्षमाका निम्ति एक बप्‍तिस्मालाई स्वीकार गर्दछौं, अनि मरेकाहरुका पुनरुत्थान र आउँदो संसारको जीवनको आशा गर्दछौं। आ-मे-न।

बिन्‍ती प्रार्थना

अगुवा:हे स्‍वर्गका परमेश्‍वर पिता!

सबै: हामीमाथि दया गर्नुहोस्।

अगुवा:परमेश्‍वरको पुत्र, संसारका उद्धारकर्ता!

सबै: हामीमाथि दया गर्नुहोस्।

अगुवा:परमेश्‍वर पवित्र आत्‍मा!

सबै: हामीमाथि दया गर्नुहोस्।

अगुवा:सबै पाप, खराबी, अपवित्र विचार, दूषित आकर्षण, अपमानजनक भावना, खराब सपना, लुकेका पासो, खराब मित्र र यस संसारका सबै परीक्षादेखि;

सबै: हे दयालु प्रभु, हामीलाई छुटकारा दिनुहोस्।

अगुवा:सबै शत्रु, छली, सैतानका परीक्षा, र दुष्‍टका द्वेषदेखि,

सबै: हे दयालु प्रभु, हामीलाई छुटकारा दिनुहोस्।

अगुवा:क्रोधको डण्‍डा, अचानक हुने मृत्‍यु, रिस, घृणा, बिजुली, गर्जन र विपददेखि

सबै: हे दयालु प्रभु, हामीलाई छुटकारा दिनुहोस्।।

अगुवा:बलिरहेको नरक, खप्न नसक्‍ने पीडा, नमर्ने किरा, ननिभ्‍ने आगो, दाह्रा किटाइ, शोक र डरलाग्‍दा घटनादेखि,

सबै: हे दयालु प्रभु, हामीलाई छुटकारा दिनुहोस्।

अगुवा:खराब समय, अत्‍याचार गर्ने अधिकारी, अनिकाल, डर, त्रास, खप्‍न नसक्‍ने दण्‍ड, र तपाईं र “पर जा, किनकि म तँलाई चिन्‍दिनँ” भन्‍ने तपाईंको वचनदेखि हामीलाई अलग गर्ने सबै कुरादेखि,

सबै: हे दयालु प्रभु, हामीलाई छुटकारा दिनुहोस्।

अगुवा:हे प्रभु, हामीलाई आशिष दिनुहोस् र रक्षा गर्नुहोस्। तपाईंको मुहार हामीमाथि चम्‍काउनुहोस्, र हामीलाई तपाईंको अनुग्रह र शान्‍ति प्रदान गर्नुहोस्।

सबै: हे दयालु प्रभु, हामीलाई छुटकारा दिनुहोस्।

अगुवा:हे प्रभु, तपाईंले आफ्‍ना चेलाहरुलाई संसारमा गएर सुसमाचार प्रचार गर्न बोलाउनुभयो, हाम्रा छोराछोरीलाई तपाईंको सेवा गर्न र तपाईंको पवित्र चर्च निर्माण गर्न तपाईंले तिनीहरुलाई बोलावट दिनुहोस् भनी हामी प्रार्थना गर्दछौं।

सबै: हे प्रभु, हाम्रो बिन्‍ती सुन्‍नुहोस्।

[यति बेला परिवारका सदस्‍यहरुले धन्‍यवाद दिने केही कुरा, अथवा कुनै विशेष प्रार्थनाका विषय बताउन र प्रार्थना गर्न सक्‍छन्।] [येसुको प्रार्थनाको पुस्‍तिकामा दिइएका प्रार्थनाका अनुरोधहरु पनि पढेर प्रार्थना गर्न सकिन्‍छ।]

यसपछि सबैले मिलेर भन्‍ने छन्:

सबै: कुरिये – एलाइसोन, कुरिये – एलाइसोन, कुरिये – एलाइसोन, हे प्रभु, तपाईंलाई महिमा होस्, हे हाम्रा सदासर्वदाको आशा, तपाईंलाई महिमा होस्, तपाईंलाई महिमा होस्। बारकमोर!

प्रभुको प्रार्थना

अगुवा:हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,

सबै: तपाईंको नाउँ पवित्र मानियोस्, तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पनि पूरा होस्। हामीलाई आजको भोजन दिनुहोस्, हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा अपराधीहरुलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्। तर दुष्टबाट छुटकारा दिनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्। आमेन।

आशिषको वचन

अगुवा:परमेश्‍वर पिताको प्रेम, उहाँका एक मात्र पुत्रको अनुग्रह, र पवित्र आत्‍माको संगति र उपस्‍थिति अहिले र सदासर्वदा हामीसित रहिरहोस्।

सबै: आमेन। [क्रुसको चिन्‍ह बनाउने]।

दिनको विशेष प्रार्थनाहरु

भोजन अघिको प्रार्थना

हे प्रभु, तपाईं दयालु हुनुभएर हाम्रा निम्‍ति भोजन जुटाउनुभएकोमा हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं। यो खाने र पिउने कुराहरुमा आशिष दिनुहोस् र यसलाई धन्‍यवादी हृदयले ग्रहण गर्न हामीलाई सहायता गर्नुहोस्। तपाईंका सबै भलाइको याद गरेर तपाईंलाई स्‍तुति र महिमा चढाउन हामीलाई योग्‍य तुल्‍याउनुहोस् र हाम्रा वरपर भएका गरिब र चोट लागेका मानिसहरुप्रति दयालु हुन हामीलाई अनुग्रह प्रदान गर्नुहोस्। आमेन। (क्रुसको चिन्‍ह बनाउने)

भोजन पछि धन्‍यवाद

हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई तपाईंका सांसारिक वरदानहरुले भरिदिनुभएकोमा हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं। तपाईंको अनुग्रह र आशिषका निम्‍ति तपाईंको स्‍तुति होस्। तपाईंको स्‍तुति गर्ने र तपाईंको इच्‍छा पूरा गर्ने जीवन जिउन हामीलाई सहायता गर्नुहोस्। आमेन। (क्रुसको चिन्‍ह बनाउने)

यात्रा अघिको प्रार्थना

हे प्रभु येसु ख्रिस्‍ट, तपाईंको उपस्‍थितिले मेरो हृदयलाई खुसी तुल्‍याउनुहोस्। मलाई तपाईंको पवित्र स्‍वर्गदूतहरुले घेर्नुहोस् र दृश्य र अदृश्य खतराहरुदेखि मलाई सुरक्षित राख्‍नुहोस्। तपाईंको इच्‍छा पूरा गर्न मेरा कदमहरुलाई निर्देशित गर्नुहोस्। मलाई तपाईंको सृष्‍टिको सुन्‍दरता हेर्न र यी सबै थोकमा तपाईंको सत्‍यको सुन्‍दरता बुझ्‍न सक्षम तुल्‍याउनुहोस्। किनकि तपाईं नै बाटो, सत्य र जीवन हुनुहुन्छ र तपाईंलाई नै म अहिले र सदासर्वदा महिमा र स्तुति चढाउँदछु। आमेन। (क्रुसको चिन्‍ह बनाउने)